१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

देउवा समूह पार्टीको आधिकारिता दाबी गर्दै सर्वोच्च पुग्यो



काठमाडौं । नेपाली कांग्रेसको देउवा समूह पार्टीको आधिकारिकता दाबी गर्दै आइतबार (माघ ४) सर्वोच्च अदालत पुगेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिने गरी गरेको निर्णय अवैध रहेको जिकिरसहित देउवा समूह रिट लिएर सर्वोच्च गएको हो ।

यसअघि शनिबार सानेपामा बसेको सो समूहको बैठकले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको थियो । शुक्रबार निर्वाचन आयोगले गगन थापा समुहलाई नेपालीको कांग्रेसको मान्यता दिएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ११ : ४६ बजे