१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

कृषि विकास बैंकको वार्षिकोत्सव सम्पन्न,उत्पादनशिल अर्थतन्त्र निमार्ण गर्ने प्रतिबद्धता



काठमाडौँ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन, ग्रामीण भेगका कृषि पेशामा आधारित जनतालाई सर्वसुलभ रुपमा प्राविधिक सहयोग र वित्तीय पहुँच उपलब्ध गराउन २०२४ स्थापन भएको कृषि बिकास बैंकले आफ्नो सेवाको ५९औँ बसन्त पार गरेको छ । बुधबार माघ ७ गते स्थापना दिवसकै अवसर पारेर कृषि विकास बैंकले आफ्नो वार्षिकोत्सव बिभिन्न कार्यक्रमका साथ मनाएको छ । कर्जा प्रवाहको अधिकासं हिस्सा कृषिमा कर्जामा लगानी गरी नेतृत्वदायी बैंकका रूपमा स्थापित यस बैंकले समयअनुसारको व्यवसायिक योजना बनाउदै आएको छ । बार्षिक उत्सव समारोहमा बोल्दै बैंकका अध्यक्ष डिमप्रकाश पौडेलले बैंकिङ प्रणालीमा आमूल परिवर्तन आएको उल्लेख गर्दै आधुनिक बैंकिङ प्रणालीमा अभ्यस्त हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै बैंकका कार्यकारी अधिकृत गोबिन्द गुरुङले बैंकले हालसम्म गरेका प्रगती बिवरण राख्नुका साथै आगामी योजनाबारे जानकारी दिए । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारले उत्पादनशिल अर्थतन्त्र निमार्णँ गर्न सहयोग पुर्याएको उनको दाबी छ ।
त्यस्तै बैंकलाई थप प्रतिस्पधी र ब्यवसायिक बनाउन पाँच वर्षे रणनीतिक व्यवसायिक योजना २०८१र८२ देखि आव २०८४र८५ सम्म कार्यान्वयनमा आई कार्यसञ्चालनमा रहेको गुरुङको भनाई छ ।
सिइओ गुरुङले ग्रामीण क्षेत्रका जनताको बित्तिय पहुँच बिस्तार र नगदरहित आर्थिक कारोबार गर्न बैंक प्रतिवद्ध रहेको भन्दै अगामी दिनमा आधुनिक प्रबिधिमैत्री बनाउदै उत्पादनशिल अर्थतन्त्र निमार्णँ गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
कृषि विकास बैंकका सबै जिल्लामा गरेर २७१ शाखाहरुको सञ्जाल छ । हाल २० लाखभन्दा बढी कर्जा तथा निक्षेप ग्राहक रहेका छन् भने एक लाख ६४ हजार कर्जा संख्यामध्ये करिब ८० हजार कृषि क्षेत्रमा रहेको छ ।
वार्षिकोत्सवका अवसरमा बैंकले साना किसानलाई लक्षित गरी तयार गरिएको ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयर तथा केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्रको औपचारिक शुभारम्भसमेत गरेको छ । कार्यक्रममा २० बर्ष र २५ सेवाअवधिका पुरा गरेका कर्मचारीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ६ : २८ बजे