१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

कांग्रेसको प्रधानमन्त्री उमेदवार नयाँ युगको प्रतिनिधि : विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उमेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै शर्माले अहिले प्रधानमन्त्रीका उमेदवारहरू कोही भदौ २३ र कोही भदौ २४ का रहेको भन्दै कांग्रेसको उमेदवार माघ १ को रहेको जिकिर गरे ।

ूकसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को मात्रै कुरा गर्दछन् । प्रधानमन्त्रीका उमेदवारहरू थुप्रै हुनुहुन्छ,ू शर्माले भने, ूकोही भदौ २३, कोही भदौ २४ वाला हुनुहुन्छ । नेपाली कांग्रेस पार्टीको प्रधानमन्त्रीको उमेदवार माघ १ वाला हो ।ू

उनले सबै कुराको आत्मालोचना गरेर कांग्रेस अघि बढेको र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको बताए । उपसभापति शर्माले सद्भाव, सुशासन र समन्नुति अहिलेको मुख्य मुद्दा भएको बताए ।

ूसारा विषयलाई डकुमेन्टमा लिएर रियलाइज गरेर क्षमा मागेर, आफूलाई बदलेर पार्टीलाई जबरजस्त ढंगले एउटा नयाँ युगमा लिएर गएर फेरि पार्टीभित्रका सबैलाई गाँसेर मैदानमा लिएर जाँदै गरेको कांग्रेस र कांग्रेसको अबको प्रधानमन्त्रीको उमेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि हो,ू शर्माले भने ।

अहिले नेपाली समाजलाई सबैभन्दा बढी चाहिएको कुरा सद्भाव भएको शर्माको भनाइ छ । निर्वाचनमा हारजित कुनै नौलो कुरा नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  २ : ५९ बजे