काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे सिंहदरबारस्थित संसद भवनमा बस्नेछ।
आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदन–२०८२’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।
यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन–२०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभा समक्ष प्रस्तुत गर्नेछिन्।
त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश–२०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० अध्यादेश–२०८२’ तथा ‘नेपाल विशेष सेवा ऐन ९दोस्रो संशोधन० अध्यादेश–२०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव बैठकमा पेस गर्नेछन्।





