२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

सेयर बजारमा गिराबट , चार कम्पनीको लाग्यो सकारात्मक सर्किट



काठमाडौं । बुधबार (माघ २१) गते सेयर बजार झिनो अंकले घटेको छ ।

हिजो दोहोरो अंक ९१२.५८०ले घटेको बजार यस दिन १.६४ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक २६८१।.५० विन्दुमा बन्द भयो ।

कारोबार रकमका आधारमा भने आज एक अर्ब १३ करोड रुपैयाँले घटेको छ । अघिल्लो दिन आठ अर्ब ६३ कराड रुपैयाँको कारोबार भएकामा यस दिन सात अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ३२६ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ११३ कम्पनीको मूल्य बढ्दा १३४ को घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ३ : २३ बजे