२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

बदलिएको कांग्रेस २.० हो, यसले देशलाई बदल्छ : गगन थापा (भिडियोसहित)



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालमा शासन गर्ने मति र गतिलाई आफूहरूले बदल्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसलाई बदलेर आएको बताउँदै उनले भने, ‘यसले देशलाई बदल्छ । यो नयाँ नेपाली कांग्रेस हो, यो कांग्रेस २.० हो, जसले पुराना कांग्रेसको सबै असल कुराहरूलाई लिएको छ । खराब कुरालाई छाडेको छ,’ ।

आफूहरू कुनै उत्तेजना र घृणाको राजनीति नगर्ने बताउँदै सबैलाई मिलाएर अघि बढ्ने सभापति थापाले बताए ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ११ : १९ बजे