२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

साढे नौ हजारले घट्यो सुनको मूल्य



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (२२) मा सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेको हो ।
यससँगै आजको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।
अस्तिको तुलनामा हिजो १४ हजार ४०० रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदी तोलामा ६२० रुपैयाँले घटेको छ । यस दिन प्रतितोला चार हजार ९८० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ११ : ३८ बजे