२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

बढ्यो नेप्से, ११ अर्ब ५८ करोडको सेयर किनबेच



काठमाडौँ । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा बन्द भएको छ।नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

बुधबार सात अर्ब ५९ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार ११ अर्ब ५८ करोड रूपैयाँ पुगेको छ।

यसदिन ३२६ वटा धितोपत्रको तीन करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार २०१ कम्पनीको सेयरमूल्य बढेको छ भने ५५ वटाको घटेको छ। यस्तै, चार कम्पनी स्थिर छन्।

यसदिन तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

कालिन्चोक दर्शन, सुपर माइ हाइड्रोपावर र मोदी इनर्जीको मूल्य १० प्रतिशतका दरले बढेको छ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ४ : ३२ बजे