२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

प्रत्यक्षतर्फ ७२ लाख ६० हजार मतपत्र छापियो



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ ७२ लाख ६० हजार मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, बिहीबार बिहान ८ बजेसम्म ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ भइसकेको हो । छापिएका मतपत्रमध्ये पाँच हजार ८२५ बाकस प्याकिङ भएको उनले बताए ।

डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम०, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी गरी २५ जिल्लाको छपाइ तथा प्याकिङ सकिएको आयोगले जनाएको छ ।

समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ भइसकेको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ९ : ०६ बजे