२३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

आयोगको सिफारिसमा दुर्गा प्रसाई फेरी समातिए



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । शुक्रबार (माघ २३) काठमाडौंको कीर्तिपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । विभिन्न आरोपमा उनी पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन् ।

“निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा आयोगले पत्र पठाएपछि हामीले पक्राउ गरेका हौँ,” साइबर ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  २ : ३० बजे