काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको अनावश्यक भण्डारण नगर्न फेरी पनि अनुरोध गरेको छ । निगमले सोमबार विज्ञप्ति जारी गर्दै एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेको हुँदा आम उपभोक्तालाई तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको हो ।
“एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेको हुँदा आम उपभोक्तालाई तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न हार्दिक अनुरोध गर्दछ,” निगमले विज्ञप्ति जारी गर्दै भनेको छ ।
निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै ग्यासको बढीभन्दा बढी आयात गर्न फेब्रुअरी महिनाको ुएलोकेसनुमा दुई हजार मेट्रिकटन थप गरेको जनाएको छ । सोहीअनुसार दैनिक औसत ११० बुलेट नियमित रूपमा आयात भइरहेको छ ।
निगमका अनुसार, काठमाडौं उपत्यकामा करिब २३ वटा ग्यास उद्योग छन् । “त्यसमध्ये केही ग्यास उद्योगको पछिल्लो बिक्री वितरणलाई हेर्दा दैनिक करिब ४० हजार सिलिन्डर बजारमा उपलध गराइराखेको व्यहोरा आमसर्वसाधारणमा अनुरोध छ,” निगमले भनेको छ ।






