२८ माघ २०८२, बुधबार | Thu Feb 12 2026

कांग्रेस उपसभापति शर्मा लुम्बिनीमा, यस्तो छ फागुन १ सम्मको निर्वाचन केन्द्रित जिल्ला कार्यक्रम



काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचन केन्द्रित जिल्ला कार्यक्रम गरिरहेका छन् । उनले माघ २६ गते सोमबारदेखि थालेको पहिलो चरणको जिल्ला स्तरीय कार्यक्रम फागुन १ गतेसम्म हुनेछ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चितवनबाट शुरू भएको उनको पहिलो चरणको जिल्ला भ्रमण पाल्पा पुगेर टुङ्गिने छ ।

सोमबार चितवनका दुई ओटा कार्यक्रममा सहभागी भएका उपसभापति शर्मा मंगलबार बाँकेमा जिल्ला स्तरीय र बर्दियामा क्षेत्रीय स्तरीय भेलामा सहभागी भए ।

बुधबार माघ २८ गते कांग्रेसका उम्मेदवारहरूसहित दाङमा जिल्ला स्तरीय बृहत भेलामा सहभागी हुनेछन् ।

त्यस्तै माघ २९ गते बिहीबार बिहान रुपन्देही जिल्ला स्तरीय बृहत भेला तथा दिउँसो लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिको बैठकमा निर्देशनात्मक सम्बोधन गर्नेछन् ।

फागुन १ गते शुक्रबार उपसभापति शर्माले पाल्पा जिल्ला स्तरीय बृहत भेलामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  १० : ५१ बजे