काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ४३ सय रुपैयाँल बढेको हो ।
आजका लागि प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।अघिल्लो दिन ९फागुन ६० तीन लाख ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा १८० रुपैयाँले बढेर पाँच हजार ६० रुपैयाँ निर्धारण भएको छ ।
७ फाल्गुन २०८२, बिहिबार
14
Shares





