८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026

कांग्रेसको प्रतिज्ञापत्र : नियुक्तिमा दल होइन अब्बल (पूर्णपाठ )



काठमाडौँ, फागुन ७ गते। नेपाली कांग्रेसले सङ्घमा १६ र प्रदेशमा ६ मन्त्रालय मात्र राख्ने चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक भएको प्रतिज्ञामा कांग्रेसले सङ्घमा १६ र प्रदेशमा ७ मन्त्रालय रहने र अनावश्यक संरचना खारेज गर्ने उल्लेख गरेको हो।

प्रतिज्ञामा कांग्रेसले एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल तयार पार्ने उल्लेख गरेको छ। कांग्रेसले आगामी पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय दुई हजार ५ सय अमेरिकी डलर पुर्‍याउने उल्लेख गरेको छ। कांग्रेसले ‘डिजिटल पौरख, क्लाउडमा काम नेपाली युवाको विश्वमा नाम’को नारासमेत समेटेको छ। वार्षिक ३० लाख पर्यटक भित्र्याउने कांग्रेसको योजना छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ११ : २५ बजे