९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026

बलरा नगरपालिकाका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश



बलरा नगरपालिकाका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश सर्लाही( बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता समेत रहेका सिंहलाई गएराती कांग्रेस सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन् ।
पूर्व मेयर अभयलाई कांग्रेसमा स्वागत गर्नका लागि गएराती केन्द्रीय सभापति गगनसँगै सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंह लगाएतका नेताहरु समेतको उपस्थिती रहेको थियो । सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी ९राजपा० बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा भने सिंह राजपाको फुटपछि लोसपाबाट मेयरका प्रत्यासी थिए । तर उनलाई नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका रामाशंकर कुशवाहाले पराजित गरे ।

गएराती सिंहकै घरमा कांग्रेस सभापति थापासहितका नेताहरु पुगेर पार्टी प्रवेश गराएका हुन् । सिंहसहित बलरा नगरपालिकाका पूर्व वडाध्यक्ष सुशिल झा लगायतका नेता कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेको बताइएको छ ।

यसअघि सर्लाही ४ नम्बर निर्वाचन क्षेत्र निवासी लोसपाका नेताहरु संविधान सभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्र लगायत दर्जनौ नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ११ : १२ बजे