काठमाडौँ । सुख्खा मौसम सुरु भएसँगै नेपालमा आगलागीका घटना बढ्दै गएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडीआरआरएमए० का अनुसार फागुन ७ देखि ८ गतेसम्म देशभर १२ वटा विपद् घटना भएका छन्, जसमा अधिकांश आगलागीका घटना हुन्।
यी घटनाबाट एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्राधिकरणका अनुसार करिब ५० लाख १९ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीका प्रमुख घटना
सुनसरी, बराहक्षेत्र–११, बकुलाछाप स् विद्युत मिटर सर्ट हुँदा घर पूर्ण रूपमा जलेको छ। अन्नपात, लत्ताकपडा, फर्निचरसहित १९ लाख १८ हजार ५ सय रुपियाँ बराबरको क्षति भएको छ।
संखुवासभा, चैनपुर–११, पिप्ले स् विद्युत सर्टका कारण दुई घर जले, १३ लाख रुपियाँ क्षति भएको छ।
धनकुटा, चौकिसे–१, बुधबारे स् गोठमा आगलागी हुँदा ५ खसी र २ पाठा मरेका छन्, २ बाख्रा घाइते भएका छन्। क्षति ७ लाख रुपियाँ पुगेको छ।
तेह्रथुम, फेदाप–२, पिपलबोटे स् खोले पकाउने आगोबाट गोठ र घर जले, ३ लाख रुपियाँ बराबरको क्षति।
उदयपुर, लिम्चुङबुङ–४, बलमत स् पाखाबारीको आगो सल्किँदा दुई खाली घर जले, काठपात र भाँडाकुँडासहित ६ लाख ५० हजार रुपियाँ क्षति।
सिरहा, मिचैंया–९, ननुवा टोल स् ५२ वर्षीया महिलालाई ग्यास सिलिन्डरबाट आगो लागेको, शरीरको ३०५ भाग पोलेर घाइते। उनी स्थानीय अस्पतालमा उपचाररत छन्।
धनुषा, जनकपुर–८, जचया पसल स् आगलागीबाट १ लाख ५१ हजार रुपियाँ क्षति।
तनहुँ, शुक्लागण्डकी–२, चुनेमुडा स् मैनबत्ती छोड्दा कोठाको सामान पूर्ण नष्ट।
जुम्ला, तातोपानी–८, बनतडी स् घर पूर्ण रूपमा जलेको, क्षतिको विवरण आउन बाँकी।
यी घटनामा प्रहरी, दमकल, आपत्कालीन टोली र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रण गरिएको छ।
अन्य विपद् घटनाहरु
सोलुखुम्बु, पासाङल्हामु–४, गोरक्षेप स् ५० वर्षीय पुरुष सगरमाथा आधार शिविर भ्रमणका क्रममा बिरामी भएर लुक्ला अस्पताल पु¥याउँदा उपचारका क्रममा मृत्यु।
दार्चुला, लेकम–५, रिठा स् ४५ वर्षीया महिलालाई घरभित्र चट्याङ लागेर घाइते, गोकुलेश्वर अस्पतालमा उपचार।
झापा, बाह्रदशी–१, बोक्राझारी स् ५० वर्षीया महिलालाई जंगली हात्तीले आक्रमण, उपचारका लागि अस्पतालमा।
मौसम अवस्था
फागुन ७–८ गते २९० वर्षा मापन केन्द्रमध्ये केवल १४ वटामा मात्र वर्षा भएको छ। सबैभन्दा बढी १०।८ मिलिमिटर वर्षा बझाङको चैनपुरमा मापन भएको छ। न्यूनतम तापक्रम –१।८ड्ढऋ ९जुम्ला०, अधिकतम तापक्रम ३२।८ड्ढऋ ९सिराहा, लहान० । सुख्खा र चिसो मौसमले आगलागीको जोखिम बढाएको छ।
प्राधिकरणले आगलागीबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विपद् सम्बन्धी थप सूचना र सन्देशका लागि आधिकारिक ट्विटर, फेसबुक र युट्युब च्यानल हेर्न सुझाव दिइएको छ।





