९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026

रंगेलीमा कांग्रेस प्रवेशको लहर, डा.मिनेन्द्रले गरे स्वागत



मोरङ । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले विभिन्न पार्टी परित्याग गरेका एक सयभन्दा बढी व्यक्तिलाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् । मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका नेता रिजालले रंगेली नगरपालिकाको वडा नम्बर ३ को रंजनी ,मंगलबारे लगायतका स्थानबाट नेकपा एमाले त्यागेर सयौ जना कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसमा प्रवेश गर्दै उनीहरुले नेपाली कांग्रेस पुरानो र विश्वासिलो पार्टी भएकाले विश्वास गरेको बताए । विगतमा कांग्रेसले जितेको समयमा मोरङ २ मा धेरै विकासका काम भएको र जनताको गुनासो पनि सुन्ने गरिएको भन्दै उनीहरुले कांग्रेसप्रति नै आफुहरुलाई भरोसा भएको बताए ।
नेकपा एमाले लगायत दलबाट आएका व्यक्तिहरुलाई कांग्रेसमा स्वागत गर्दै डा। मिनेन्द्र रिजालले देशलाई सम्हालेर लैजान सक्ने शक्ति नेपाली कांग्रेस रहेको बताए । मुलुकमा अतिवादी शक्तिहरु सक्रिय रहेको भन्दै डा। रिजालले सबैखाले अतिवादविरुद्ध कांग्रेसलाई जनताको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ६ : २८ बजे