काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन शान्तिपूर्ण, भयरहित, निस्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्नु सरकारको ध्यानाकर्षण गरेको छ । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पछिल्लो पटक भएका कतिपय घटनाका सन्दर्भका केही असहजस्थिती निम्तनसक्ने कुराको ख्याल गर्दै सरकारले निर्वाचन रकारको पहिलो प्राथमिकतामा mपर्नु पर्ने बताएको हो । ‘हामी अनुरोध गर्न चाहन्छौं, जनता जनताबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा असर पु¥याउने काम कहिं कतैबाट हुनुहुँदैन्, सामाजिक विद्धेष फैलाउने, घृणायुक्त अभिव्यक्ति कुनै पनि पार्टीबाट हुनु श्रेष्यकर हुँदैन’, कांग्रेसले भनेको छ ।
कतिपय जिल्लाहरूमा फरक पार्टीका कार्यकर्ताले पार्टीको झण्डा जलाउने लगायत अबाञ्छित हर्कतप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ । ‘कसैको पनि आस्थामा चोट पु¥याउने अभिव्यक्ति, व्यक्तिगत निन्दा र पार्टीका झन्डा जलाउने गतिविधिलाई नेपाली काँग्रेस निन्दनीय कार्य ठान्दछ । यस्ता गतिविधिहरु तत्काल बन्द गरिनुपर्छ’, प्रेस विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेसले बहुमत ल्याउने गरी चुनावी माहोल अघि बढाएको पार्टीका प्रवक्ता एवं प्रचार समिति संयोजक देवराज चालिसेले बताए । ‘लोकतन्त्रको स्थापना, सम्वर्धन र दिगो भविष्यमार्फत् लोककल्याणकारी शासन व्यवस्थालाई सबलिकरण गर्न वर्तमान परिस्थितिमा कांग्रेसलाई पहिलो पार्टी बनाएर सरकारको नेतृत्व गर्ने स्थानमा पु¥याउने जनताको भावना रहेको छ’, उनले भने । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको उत्साहमा रहँदा लोकतन्त्र एवम् आमजनताको स्वतन्त्रता र समृद्धिसँग अविछिन्न जोडिएको नेपाली काँग्रेसले चुनावी अभियानलाई शसक्तरूपमा अघि बढाएको उनले बताएका छन् ।
निर्वाचन नजिकिंदै जाँदा काँग्रेसप्रति आकर्षण चुलिंदै गएको उनको दाबी छ । विभिन्न पार्टीका शीर्ष नेतृत्वदेखि अन्य नेताकार्यकर्ताहरु नेपाली काँग्रेस पार्टीमा आवद्ध हुने लहर देशभर चलेको प्रवपक्ता चालिसेले बताए । ‘हामी सबैलाई सम्मानजनक ढंगले पार्टीमा भित्र्याएर लोकतन्त्रको हकदार बनाउन चाहन्छौं’, उनले भने, ‘हामी पुनः आह्वान गर्दछौं, घर छाडेका साथीहरु घर फर्कनु होस् । अन्य पार्टीमा रहेका साथीहरु नेपाली काँग्रेसमा जोडिनुहोस् र मुलुकको नवनिर्माणमा सरिक हुनुहोस् ।’
११ फाल्गुन २०८२, सोमबार
28
Shares





