१२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026

रसुवामा काँग्रेस प्रवेशको लहर,नेकपा एमालेको गाउँपालिका सचिव सहित विभिन्न पार्टी परित्याग गरि सयौँ जना कांग्रेसमा प्रवेश



रसुवा – रसुवाको नौ कुण्ड गाउँपालिकामा नेपाली काँग्रेस नौ कुण्ड गाउँ कार्यसमितिको आयोजनामा सञ्चालित अगुवा कार्यकर्ता भेला तथा चुनावी आमसभामा एमाले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नौ कुण्डको पार्च्याङमा सोमबार आयोजित कार्यक्रममा उनीहरू काँग्रेस प्रवेश गरेका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै रसुवाका काँग्रेस उम्मेदवार ई।मोहन आचार्यलाई प्रत्यक्ष सघाउने गरी उनीहरू काँग्रेस प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले खादा लगाई स्वागत गरेका छन् ।

आचार्यले युवाहरूको भविष्य बोकेको काँग्रेस पार्टीमा आउनुहुने सबैको संरक्षण र प्रवर्द्धनमा आफू लाग्ने बताए । पार्टी सभापति पेम्बा छिरिङ तामाङले स्थानीय विकास निर्माणमा आफू सदैव लाग्ने बताउँदै नवप्रवेशीहरुलाई पार्टीमा नेतृत्व व्यवस्थापनसहित लैजाने बताए ।

पार्टीमा जहिले प्रवेश भए पनि निरन्तरको सक्रियताले चाडै अवसर पाउने भएकाले सबैले निर्वाचनमा परिणाम देखाउने गरी आफ्ना वडा र पालिकामा खट्नसमेत सभापति तामाङले आव्हान गरेका छन् ।

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले नवप्रवेशीलाई स्वागत गर्दै पार्टी र आफूलाई विश्वास गरी काँग्रेसको घरमा आउनुभएका सबै आफ्नो परिवारको सदस्य भएको बताए । उनले सबैलाई परिवारको सदस्य जस्तै मिलेर बस्ने र काँग्रेसको घर बलियो बनाउन पारिवारिक भएर बस्न आग्रह गरे । ‘निर्वाचनको मुखमा पार्टीलाई विश्वास गरेर आउनु भएको छ, चुनाव जित्ने गरी लाग्न आग्रह गर्छु ।

मन्त्री तामाङले विकास निर्माणको जिम्मा हामीलाई दिनुस् तपाई सङ्ग हाम्रो हकले पाउने मत दिनुस् भन्नुभयो। जितेर युवाका मुद्दा बोक्छु ढुक्क हुनुस्,’ उनले भने ।

रसुवाको नौ कुण्ड गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाको विभिन्न भूगोलको विभिन्न ओहोदामा रहेको व्यक्तिहरू काँग्रेस प्रवेश गरेका थिए ।

राजनीतिको नयाँ यात्रामा आउनु भएका युवाहरूको माग सुशासन र स्थानीय विकास रहेको छ ।

उनीहरूलाई स्वागत गर्दै नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य जनार्दन ढकालले युवाहरूको भावनाअनुरूप पार्टी नेतृत्वले विकास निर्माण र युवाका क्षमता वृद्धिमा प्राथमिकता दिने बताएका छन् ।

नेकपा एमाले लगायत विभिन्न समूहको व्यक्तिहरू पार्टी परित्याग गरेर प्रवेश गरेका हुन।

नेकपा एमाले कालिका गाउँपालिकाको सचिव विक्रम तामाङ,इमान सिङ तामाङ तथा बागमती प्रदेश सल्लाहकार कमिटी सदस्य समेत रहेका गङ्गा लाल डङ्गोल काँग्रेस प्रवेश गरेका हुन् ।

को को गरे त पार्टी प्रवेश रु

नौ कुण्डको विभिन्न भूगोलबाट जनक घले,लोप्साङ थोक्रा,बुद्धि थिङ,युवक थोक्रा,सुनिल थोक्रा,पासाङ घले ९नेमादावा०,मेन्ची घले,गोसाई घले,सुविन लोप्चन प्रवेश गरेका हुन। जेन्जी समूहका विवेक लोप्चन,दिनेश लोप्चन,निरज घले,सुजन घले,दीपक लोप्चन,राजु थिङ,युवराज घले,निरमन तामाङ,सुकुमान तामाङ,बाबु लोप्चन,धिरज नेकोर,रमित तामाङ,शुसिल लोप्चन समेत प्रवेश गरेका छन्।

त्यसैसरि ठुलो कामी थोक्रा,राम थोक्रा,मङ्गले नेकोर,देवराज थोक्रा,रमेश नेकोर,यो लामा थोक्रा,साङ तेम्बा थोक्रा,तुलु वाज्यु थोक्रा,कामिस्या लोप्चन रहेका छन्।

कारदावा नेकोर,आकाश थोक्रा,टिका लामा,निमा लामा,सोम छिरिङ थोक्रा,जगतमान ग्याबा,पेम्बा लामा,जमनसिङ ग्याबा,दावा पेम्बा पाख्रेन,सुमन गाङतन,छिरिङ कान्छा नेकोर,रामकाजी गलान,लाक्पा नेकोर,सुदिप लोप्चन,विपलक्षिण पाख्रेन,विवेक तितुङ,मिलन बम्जन,शक्तिमान तामाङ,जगतमान ग्याबा,हरिमाया गुरुङ,बिष्णु बहादुर ग्याम्दान,जिवन तामाङ,दिनेश थोक्रा,नेमछिरिङ थोक्रा,कालु लामा,सुकु बहादुर बुलुन,कर्म थोक्रा,गुर्पा थोक्रा,जित बहादुर मोक्तान,सार्की लामा लगायत प्रवेश गरेका हुन।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १० : ४२ बजे