काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको जटिल चोटको उपचारका लागि नेपाली कांग्रेसले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
पार्टीका उपसभापति विश्वप्रकाश शर्मा ले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीको तर्फबाट रकम जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सो रकम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेड मा रहेको खाता नम्बर ३४४०१०१०००११३७ मा जम्मा गरिएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले सावित्रा भण्डारीले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरे। सभापति थापाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट खेलाडीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दलील का अनुसार, नेपाली कांग्रेस खेलकुदलाई मनोरञ्जनभन्दा माथि उठाएर ‘राष्ट्रिय पहिचान’ र राष्ट्र निर्माणमा युवा सहभागिता’ को मेरुदण्ड बनाउने लक्ष्यमा काम गरिरहेको छ।
यस अघि कांग्रेसले साम्बाको उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग घोषणा गरिसकको छ ।





