रौतहट । आसन्न प्रतिनिधि सभा निर्वाचन आउन एक सातामात्र बाँकी रहँदा रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसक्का उम्मेदवार देवप्रसाद तिमिल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ ।
घरदैलो अभियानमा उनले पाएको माया र साथले उनी जनताको मनमनमा बस्न सफल नेता भएको देखाएको छ । एकढिक्का रहेको नयाँ कांग्रेसका केन्द्रीय सदस्य उनको र्याली,घरदैलोमा मतदाता स्वस्फूर्त रूपमा उनलाई माया र स्नेहसहित मत दिन आतुर देखिएको कांग्रेस नेता रबिनचन्द्र कोइराला बताउँछ्न् ।
हुन त नेताले बताए भन्ने भाष्य सिर्जना गर्न खोजिएला तर उनको पक्षमा उर्लिएको जनसागरले उनीप्रति मतदाताको माया झल्किन्छ । एकातिर अन्य पार्टी छाडेर उनको पक्षमा उभिने संख्यामा वृद्धि हुँदै गएको छ भने अर्कोतर्फ उनले गरेका विकास निर्माणका काम र सहयोगको मतदाले गुन तिर्ने बताउँछ्न् चन्द्रपुर १ पौराका वडाध्य्क्ष बलराम राउत ।
तिमल्सिनालाई समर्थन गर्दै कांग्रेस रोजेका र चुनावी अभियानमा लागेका युवाहरूको मायाले यो पटक पनि तिमल्सिना विजयी हुने बताउँछ्न् ।
बृन्दवान नगरपालिकाको भुसाहलगायत सो पालिकाका अन्य स्थानमा समेत उनको पक्षमा जनलहर बढेको नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति रामस्नेही यादव बताउँछ्न् ।
दुई पटक निर्वाचित हुँदा मन्त्री बन्न नसकेर सोचेजस्तो काम पूरा गर्न नसकिएको भए पनि उनले विकासका लागि अथक प्रयास गरेका छ्न् । शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि क्षेत्रमा उनको योगदान महत्वपूर्ण रहेको चन्द्रपुर नगर सभापति मुकेश गिरी बताउँछ्न् ।
सस्तो लोकप्रियता कमाउन नयाँ दलहरूले अनेक हत्कण्डा प्रयोग गरे पनि जनमत कांग्रेसकै पक्षमा रहेको आम मतदाताले स्वीकार्दै यस पटक उम्मेद्वार तिमिल्सिनालाई मनमनमा राखेको स्थानीय बताउँछन् ।





