१३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरु



काठमाडौँ । सरकारले निर्वाचनमा खटिने निर्वाचन प्रहरी कामको सिलसिलामा घाइते भएमा सरकारले उपचार खर्च बेहोर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हिजोको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं गृह मन्त्री ओम प्रकाश अर्यालले निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च नेपाल सरकारले बेहोर्ने तथा मृत्यु भएमा उनीहरूको आश्रित परिवारलाई आर्थिक सहायकता उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै बैठकले नेपाल सरकार र जेनजी आन्दोलनका प्रतिनिधिहरू बीच भएको सहमति अनुसार जेनजी परिषद् गठन गर्ने निर्णय गरी सो सम्बन्धी गठन आदेश स्वीकृत गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने, चीन सरकारको अनुदान सहयोगमा स्तरोन्नति हुने कलङ्की देखी वसुन्धरा सम्मको चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौता अनुसार कर छुट दिने, नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई २०८३ साल असार मसान्त सम्मका लागि निरन्तरता दिने र त्यस अवधि भित्र नयाँ कार्यसमिति गठन गर्नेगरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ८ : ४४ बजे