काठमाडौंः संघीय राजधानी काठमाडौं उपत्यका अन्तर्गत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरुका तर्फबाट विकासको मार्ग चित्र भिजन १० साझा प्रतिबद्धता आज सार्वजनिक हुँदैछ ।
दिउँसो काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिकीकरण गराउने पहल गरेका थिए।
महामन्त्री पौडेलले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दाहरुमा उम्मेदवारहरुबीच परामर्शपश्चात खाका तयार पारिएको र आज सार्वजनिक गरिने जानकारी दिए ।
ूसमग्र उपत्यकाको विकासको मार्गचित्र हाम्रो प्राथमिकतामा छ । एक्लाएक्लै भन्दा साझा रुपमा मुद्दा उठाउन सहज हुने भएकाले साझा प्रतिबद्धता सार्वजनिक गर्न लागेका हों,ू उनले भने ।
कार्यक्रममा तीनवटै जिल्लाका नेपाली कांग्रेस उम्मेदवारहरु उपस्थित हुने नेपाली कांग्रेस काठमाडौंका सचिव सुशन वैद्यले जानकारी दिए ।
१४ फाल्गुन २०८२, बिहिबार
70
Shares





