१९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026

आयल निगमले भन्यो– पेट्रोलियम पदार्थ अनावश्यक भण्डारण नगरौँ



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।

पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधरणलाई निगमले आग्रह गरेको हो ।

निगमले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ ।

इन्धन नियमित आयात भइरहेको र चुनावभर नियमित हुने पनि निगमले प्रस्ट पारेको छ ।

सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न निगमको आग्रह छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १० : ४९ बजे