२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

१०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान



दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात वर्षीय गणेशबहादुर रावतले आज मतदान गर्नुभएको छ ।

तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गर्नुभएको हो । मतदानपछि उनले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ११ : ४२ बजे