२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

सर्लाही ४ को बलरामा रोकिएको मतदान सुचारु



सर्लाही । सर्लाहीको बलरा नगरपालिकाको एउटा केन्द्रमा प्रतिनिधिबीच विवाद हुँदा ढुंगामुढा भएपछि स्थगित भएको मतदान प्रक्रिया पुनः सुचारु भएको छ ।

विवाद बढ्दै गएपछि ढुंगामुढा भएको थियो । कांग्रेस र रास्वपाका कार्यकर्ताबीच विवाद भएको थियो ।

उक्त केन्द्रमा बिहानैदेखि विवाद भएको थियो । एक घण्टा बढी मतदान प्रक्रिया स्थगित भएपछि अहिले सुचारु भएको छ ।

अहिले प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायका अधिकारी उक्त केन्द्रमा पुगेका छन् ।

उक्त केन्द्रमा एक हजार ३ जना मतदाता रहेका छन् । साढे तीन सय खसिसकेको अवस्थामा विवाद बढेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ११ : ५१ बजे