२३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026

बालेनले सर्वाधिक मत ल्याएर रचे इतिहास



काठमाडौं । संसदीय चुनावमा सर्वाधिक मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले इतिहास रचेका छन् ।

रास्वपा वरिष्ठ नेता शाहले झापा–५ बाट पूर्वप्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्दै इतिहास रचेका हुन् । बालेनले ६८ हजार ३४८ मत ल्याए ।

रास्वपाले प्रधानमन्त्रीका उमेदवारका रूपमा बालेनलाई अघि सारेको छ । ओलीले केबल १८ हजार ७३४ मात्र मत ल्याए । निर्वाचन तथ्यांकअनुसार संसदीय चुनावको इतिहासमा शाहले पाएको यो मत इतिहासकै सर्वाधिक रहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ७ : ५७ बजे