काठमाडौँ। बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ ।
समानुपातिक तर्फ हालसम्म ८४ लाख २५ हजार ६ सय ६६ मत गणना भएको छ ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ४० लाख ७२ हजार ५ सय मत प्राप्त गरी अग्रस्थानमा रहेको छ ।
नेपाली काँग्रेसले १३ लाख ६६ हजार ६ सय २७ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ ।
यसै गरी नेकपा एमालेले ११ लाख ५५ हजार ४सय २९ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी नेकपाले ५ लाख ९५ हजार ५ सय १० मत प्राप्त गरेको छ ।
यस्तै श्रम संस्कृति पार्टीले २ लाख ९४ हजार १ सय ६९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७८ हजार ६८, जनता समाजवादी पार्टी नेपालले १ लाख २६ हजार ८ सय ११ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख २० हजार २ सय ३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।





