२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

बाजुरामा बाटोमै सुत्केरी, आमा र शिशु सुरक्षित



धनगढी । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२, भैसागाडकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । परिवारले फयालगाउँ आधारभूत स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा उनी बाटोमै सुत्केरी भएकी हुन् ।

स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था भएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी विस्ना रोकाया घटनास्थलमै पुगेर सुरक्षित प्रसूति गराएकी थिइन् ।

कठिन भौगोलिक अवस्था र स्वास्थ्य संस्था टाढा भएकाले समयमै अस्पताल पुर्‍याउन नसक्दा बाटोमै सुत्केरी भएको आफन्तले बताएका छन् ।

स्वास्थ्यकर्मी रोकायाले तत्कालै आवश्यक स्वास्थ्य सेवा प्रदान गरेपछि ती महिलाले सुरक्षित रूपमा बच्चा जन्माएकी थिइन् । हाल आमा र नवजात शिशुको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ९ : १७ बजे