२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

गोठमा मृत भेटिएकी महिलाको हत्या आफ्नै पतिबाट भएको खुलासा



धनगढी  । आफ्नै गोठमा मृत भेटिएकी महिलाको हत्या श्रीमान्बाटै भएको खुलेको छ ।

होलीको दिन गत हप्ता मंगलबार कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा ५० वर्षीया मानादेवी चौधरी आफ्नै गोठमा मृत फेला परेकी थिइन् । 

शरीरमा चोटपटक लागेको अवस्थामा मृत भेटिएकी चौधरीको हत्या उनका श्रीमान् ५५ वर्षीय प्रेमलाल चौधरीले गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । 

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ९ : १९ बजे