२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

सुनको मूल्य तोलामा २८ सयले गिरावट



काठमाडौं । नेपाली बजारमा शुक्रबार (फागुन २९) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख १४ हजार २०० रुपैयाँ कायम छ । अघिल्लो दिन (फागुन २८) छापावाल सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ११ : २२ बजे