काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित हुने २० सांसदको सूची बुझाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । आइतबार दिउँसो १ बजेका लागि राखेको बैठकमा केन्द्रीय पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरूलाई डाकिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ, कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले भनेका छन् ।





