काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत १) सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो । आजका लागि तोलाको तीन लाख नौ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ ।
गत शुक्रबार (फागुन २९) मा सुनको भाउ तीन लाख १४ हजार २०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यस दिन तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँ कायम भएको छ ।





