काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।
गएको शुक्रबार (चैत ६) बसेको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामासम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । त्यस दिन २५ केन्द्रीय सदस्यले उक्त प्रस्तावमाथि धारणा राखेपछि बैठक स्थगन गरिएको थियो ।
शुक्रबार बैठकमा धारणा राख्ने सबैले पार्टी सभापति थापाले निर्वाचनमा हारपछि नैतिकताका आधारमा राजीनामा दिएकाले अस्वीकार गर्ने बताएका थिए ।





