११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिँदै



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
बुधबार चैत ११० बिहान ११:१५ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथग्रहणको कार्यक्रम तय भएको हो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।

ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई यही चैत १२ गते पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १० : ४८ बजे