काठमाडौं । तीन दिनयता लगातार घट्दै आइरहेको सुनको भाउ बुधबारह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको हो ।
उपभोक्ताले एक तोला सुन खरिद गर्न दुई लाख ८८ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ ।
हिजो प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिन चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।





