१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

महानगरमा जस्तै  देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल



काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीको वाचापत्र अनुसार शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम अघि बढाइने बताएका छन् ।
सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सरकारमा आएसँगै छुट्टै जिम्मेवारीबोध भएको छ । पार्टीको वाचापत्र कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हुनेछ । त्यसमा उल्लेखित प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम अघि बढाउँछौँ, उनले भने ।
बालेन्द्र साह काठमाडौं महानगरपालिकामा मेयर रहँदा पोखरेल शिक्षा सल्लाहकार थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : २७ बजे