१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

रचनात्मक सहयोग हुने भन्दै बालेनलाई गगनले दिए बधाई तथा शुभकामना



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा बधाई दिएको छन् । उनले सामाजिक सञ्जालमार्फत देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग हुेने समेत बताएका छन् । उनले लेखेका छन्,
“नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ। हार्दिक शुभकामना”

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : ३९ बजे