पर्सा । भारत सरकारले १९ थान सवारीसाधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनीषकुमार दासले आईईसीपीस्थित वीरगन्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई १९ थान सवारीसाधन हस्तान्तरण गरेका हुन् ।
सरकारको आग्रहअनुसार सो सवारीसाधन सहयोगबापत उपलब्ध गराइएको दूतावासले जनाएको छ ।
पर्साका सहायक प्रजिअ कार्कीले ती सवारीसाधन गृहमन्त्रालयतर्फ पठाइएको जानकारी दिए ।





