काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका निम्ति सरकारी वकिल कार्यालय काठमाडौंमा ल्याइएको छ । शनिबार (चैत १४) भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको तत्कालीन जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा कारबाही सिफारिस गरिएका आधारमा उनलाई पक्राउ गरिएको हो । पक्राउपछि उनलाई महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिएको थियो ।





