काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पूर्वमन्त्री खड्कालाई आज बिहान पक्राउ गरेको हो ।
सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए । गहृमन्त्री गरुङले आफ्नो फेसबुक पोष्ट मार्फत उक्त बिषय जानकारी दिएका छन् ।





