१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

नयाँ सरकारलाई पत्याएन सेयर मार्केटले, पहिलो दिननै उच्च गिरावट



काठमाडौं । बालेन नेतृत्वको नयाँ सरकार अघिको कारोबारमा सेयर बजारमा उच्च गिरावट देखिएको छ । सेयर बजारमा आइतबार (चैत १५) मा ७१ अंकले घटेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रधामन्त्री तथा अर्थशास्त्री स्वर्णिम वाग्ले अर्थमन्त्री छन् । कारोबार सुरु हुँदादेखि नै घट्न थालेको बजार अन्तिमसमयसम्म कायम रह्यो ।

बेच्नेको चाप बढी हुँदा आइबार बजार ७१।०५ अंकले घटेको छ । यससँगै बजार २८७९.११ विन्दुमा झरेको छ ।

यसअघिको अन्तिम कारोबार दिन बिहीबार ९चैत १२० सेयर बजार १४.२१ अंक बढेर २९५०।१६ विन्दुमा उक्लिएको थियो ।

यसदिन १० कम्पनीको मूल्य बढ्दा २५५ कम्पनी सेयर मूल्य घटेको छ । आइतबार १५ अर्ब ३३ करोडको कारोबार भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ३ : २३ बजे