१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई



काठमाडौं । नेकपा (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादललाई प्रदान गरिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी दिए ।

बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय बसेको संसदीय दलको संयुक्त बैठकमा पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष थापालाई जिम्मेवारी तोकेको जानकारी गराइएको उनले बताए ।

अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका बैठकमा जानकारी गराइएको थियो । अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार पक्राउ गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ९ : ४९ बजे