२१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने



दमौली (तनहुँ) । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

भानु नगरपालिका–३, कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म र बेलुका ५ देखि राति ९ बजेसम्म सडक बन्द हुनेछ । उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १० : १८ बजे