काठमाडौं । संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । बैठक आज (चैत २३) बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्ने बताइएको छ । बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ । आजै संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै छ ।
२३ चैत्र २०८२, सोमबार
126
Shares





