काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन ‘पूर्वाग्रही’ भएको टिप्पणी गरेका छन् । रिहा भएपछि आज सामाजिक सञ्जालमा लेख्दै उनले पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनका आधारमा फौजदारी अभियोग लगाई आफूलाई १३ दिनसम्म नियन्त्रणमा राखिएको उनले आरोप लगाएका छन् ।
“गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु,” उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।
आफूले कानुनको पालना र न्यायमा विश्वास गर्ने उनले बताएका छन् ।





