२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

यी हुन् संसदीय सुनुवाइ समितिका सदस्य सांसदहरु



काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समिति गठन गरिएको छ । शुक्रबार (चैत २७) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले समिति गठनको प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सभाबाट स्वीकृत गरिएको हो ।

संघीय संसद्का दुई संयुक्त समितिमध्येको एक हो यो । यसमा प्रतिनिधिसभाबाट १२ सांसदका नाम मनोनयन गरिएको छ ।

यो समितिमा प्रतिनिधिसभाबाट अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम निकरानी, चन्दनकुमार सिंह, पद्माकुमारी अर्याल, बोधनारायण श्रेष्ठ, भीष्मराज आङदेम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव खत्री, लेखजंग कार्की र वर्षामान पुनलाई मनोनयन गरिएको हो

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  १ : ०८ बजे