३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

बैशाख महिनाका लागि बैङ्कहरुले घटाए ब्याजदर



काठमाडौँ – बैशाख महिनाका लागि बैङ्कहरुले ब्याजदर घटाएका छन्।

बैङ्कहरुले सार्वजनिक गरेको विवरण अनुसार बैंकहरूले २०८३ को वैशाख महिनामा मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ४।४१ प्रतिशत र संस्थागततर्फ औसत ३।२३ प्रतिशत ब्याज दिनेछन् ।

चैतमा औसत ब्याजदर व्यक्तिगततर्फ ४।४९ प्रतिशत थियो भने संस्थागततर्फ औसत ३।२९ प्रतिशत ब्याजदर थियो ।वैशाख महिनाका लागि ७ बैङ्कले ब्याजदर घटाएका छन् भने १२ बैङ्कले ब्याजदर स्थिर राखेका छन् । तर, कृषि विकास बैङ्कले भने ब्याजदर बढाएको छ ।

सो बैङ्कले बैशाखमा व्यक्तिगततर्फ ४।१५ प्रतिशत ब्याज दिनेछ । ब्याजदर घटाउने बैंकहरुमध्ये एभरेष्ट बैंकले बैशाखमा व्यक्तिगततर्फ ४।०५ प्रतिशत, कुमारी बैङ्कले ४।०५ प्रतिशत, सिटिजन्स बैङ्कले ४।१२ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ४।१० प्रतिशत, हिमालयन बैङ्कले ४।५० प्रतिशत, सिद्धार्थ बैङ्कले ४ प्रतिशत र एनआईसी एशिया बैङ्कले ४।७५ प्रतिशत ब्याजदर दिनेछन्।

यस्तै, नेपाल बैंक, एसबीआई, सानिमा लगायत बैङ्कले चैतको ब्याजदरलाई नै निरन्तरता दिएका छन् । वैशाखमा नेपाल बैङ्क ४.५ प्रतिशत, नेपाल एसबीआई बैंक ४.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंक ४.५० प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.५० प्रतिशत ब्याजदर दिनेछ भने, प्राइम कमर्सियल बैङ्कले ४.१५ प्रतिशत, प्रभु बैङ्कले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैङ्कले ४.५० प्रतिशत दिनेछ । त्यस्तै, एनएमबी बैङ्कले ५ प्रतिशत, नबिल बैङ्कले ४.५५ प्रतिशत, सानिमा बैङ्कले ४.५० प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कले पाँच प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले ४.५ प्रतिशत ब्याजदर दिनेछन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १२ : ३९ बजे