२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

वृहत एकताका लागि कांग्रेस सभापति थापाद्वारा पहल सुरु, पूर्व काबा सभापति खड्कालाई भेट्न सभापति थापा गल्फुटार



काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको वृहत्तर एकताका लागि पहल सुरु गरेका छन् । थापाले आज साँझ निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासँग संवाद गरका छन् । थापा खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुगेका थिए ।
पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेटेको सभापति थापाले बताए । ‘पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरुसँग संवाद सुरु गरेको छु’ थापाले भने ।
सभापति थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् । पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेसी नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ९ : ४० बजे