२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

सुनको मूल्य फेरी बढ्यो, तोलाको ३ लाख माथि



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा दुई हजार रुपैयाँ बढेको हो ।

यससँगै छापावाल सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला चार हजार ९२५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १२ : ०४ बजे